काठमाडौं । मौसम अनुकूल भएसँगै आइतबार एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
वसन्तयामको जारी आरोहणमा एकैदिन धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।
सगरमाथाको आधार शिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार, मौसम अनुकूल भएकाले आज धेरै आरोहीले सगरमाथा चढेका हुन् । सोमबार पनि धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेका जनाइएको छ ।
विभागका निर्देशक हिमाल गौतमले हालसम्म २०० भन्दा बढीले सगरमाथा आरोहण गरेका जानकारी दिए । सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेका उनले बताए ।