Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

दूरसञ्चारका पूर्वअध्यक्ष खनाल : एमडीएमएस पछि टेरामक्समा पनि भ्रष्टाचार मुद्दा

दूरसञ्चारका पूर्वअध्यक्ष खनाल : एमडीएमएस पछि टेरामक्समा पनि भ्रष्टाचार मुद्दा

बिहिवार , जेठ २, २०८२

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रकरणमा झण्डै ६ करोड रुपैयाँ जरिवानासहित १३ महिना कैद सजाय तोकिएका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनालमाथि फेरि अर्को मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराममक्स) प्रकरणमा खनालसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।

यसअघि प्राधिकरणका पूर्वअध्यक्ष खनाललाई विशेष अदालतले एमडीएमएस खरिद प्रकरणमा ५ करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ जरिवानासहित १३ महिना कैद सजाय तोकेको छ ।

अख्तियारले विहीबार विशेष अदालतमा दर्ता गराएको मुद्दामा खनालसहितका दूरसञ्चारका अरु कर्मचारीबाट जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ विगोमाग गरेको छ ।

एमडीएमएसमा सफाइ पाएका प्राधिकरणका कर्मचारीहरुलाई फेरि टेरामक्सको मुद्दा लागेको हो ।

प्राधिकरणका कर्मचारीहरुमा निर्देशकहरु विजयकुमार राय, सुरेन्द्रलाला हाडा, दीपेश आचार्य, उपनिर्देशकहरु रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्चुतानन्द मिश्र र सन्दीप अधिकारीमाथि भ्रष्टाचार मुद्दा लागेको छ।

एमडीएमएसमा विजय कुमार राय, दिपेश आचार्य, सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ र सन्दीप अधिकारीलाई सफाई दिएको थियो ।

अख्तियारले यी कर्मचारीसहितका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल र दीगम्बर झासहितका सबै प्रतिवादीलाई जनही ३ अर्ब २१ करोडको विगो माग गरेको छ ।

अख्तियारले दायर गरेको टेरामक्सको मुद्दामा पूर्व मन्त्री मोहनबहादुर बस्नेत, प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती विरुद्ध आरोपत्र दायर भएको छ ।

अख्तियारले पूर्व मन्त्री तथा कर्मचारीलाई सरह परामर्शदाता कम्पनी भानराइज सोलुन्स सालका सीईओ जमुल अनौटी र भानराइजका लोकल एजेन्ट कनेक्सन ट्रेडका अध्यक्ष दिलिपकुमार गुरुङ र यसका निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

कर्मचारीलाई लागेको यो मुद्दासँगै प्राधिकरणको तीनवटा महाशाखा फेरि नेतृत्वविहीन भएको छ । अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनीहरु स्वतः निलम्बित भएका हुन् ।

यो मुद्दापछि प्राधिरकणको अनुगमन महाशाखा, प्रसाशन महाशाखा र पूर्वाधार महाशाखाको नेतृत्व रिक्त भएको हो । यी महाखामा अनुगमनमा राय, प्रसाशनमा आचार्य र पूर्वाधारमा हाडा निर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077