Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्तारूढ दलहरूले बनाए गभर्नर नियुक्तिलाई ‘मजाक’ !

सत्तारूढ दलहरूले बनाए गभर्नर नियुक्तिलाई ‘मजाक’ !

बुधवार , जेठ १, २०८२

काठमाडौं । कानुनी बाधा अड्चन भएका व्यक्तिलाई गभर्नर बनाउने हल्ला फिँजाउँदै र उनीहरूमाथि मुद्दा लगाउने प्रक्रियालाई निरन्तरता दिलाउँदै सत्तारूढ दलहरूले गभर्नर नियुक्तिलाई ‘मजाक’ बनाइरहेका छन् ।

६५ वर्ष नाघेका व्यक्तिलाई गभर्नर बनाउने प्रावधान हुँदाहुँदै हठातमा प्रावधान सच्याउँदै डा। रवीन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्रीलाई बनाउने हल्ला नेपाली कांग्रेस र एमालेले ग¥यो ।

गभर्नर नेपाली कांग्रेसको कोटामा परेपछि र कांग्रेसले कुनै पनि हालतमा गभर्नर नछोड्ने देखेपछि पाण्डेलाई टक्कर दिन एमालेले ६५ वर्ष नाघेका क्षेत्रीलाई अगाडि सारेको थियो ।

तत्पश्चात एमालेको गुप्त समूह लागेर मुद्दा हालेको बुझाइ अधिकांशको छ । ज्ञानेन्द्र ढुंगानालाई कांग्रेसले बोकेर नबिल बैंकको सीईओबाट ब्याक डेटमा राजीनामा दिलाएपछि एमालेले सुशील भट्टलाई अगाडि सारेको थियो ।

ढुंगानालाई व्यापारिक घरानाले बोकेको भन्दै एमालेले विरोध गरेपछि उनको सीईओ पद गएको र उनी बलिको बोको बनेको देखिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077