Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पूर्ण रुपमा खुल्यो बीपी राजमार्ग

पूर्ण रुपमा खुल्यो बीपी राजमार्ग

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।

बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको थियो ।

पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।

अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077