Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको छैन : सञ्चारमन्त्री गुरुङ

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको छैन : सञ्चारमन्त्री गुरुङ

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाजमा भ्रम फैलाउने छुट कसैलाई नभएको बताएका छन् ।

सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको उनले बताए ।

सुर्खेतबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५औँ रजतजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले प्रेस स्वतन्त्र माथि हस्तक्षेप नगरेको उनले बताए ।
उनले भने, ‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहीनता बढ्यो, यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’

सामाजिक सञ्जाल नियमन विधेयकमा समाजका केही वर्गले गलत अर्थ लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077