Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

रुकुम पश्चिममा जिप दुर्घटना : एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

रुकुम पश्चिममा जिप दुर्घटना : एक जनाको मृत्यु, तीनको अवस्था गम्भीर

सोमवार , बैशाख २९, २०८२

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना हुँदा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको हो ।

दुर्घटनामा परी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन्।

सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077