काठमाडौं । काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
बा.३४ प ४३२० नम्बर र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार बिहान एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परेर मोटरसाइकल चालक तनहुँको आँबुखैरेनी नगरपालिका–५ घर भएका ४६ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
दुर्घटनामा परेर गुरुङ गम्भीर घाइते भएका थिए ।
उपचारका लागि उनलाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।