Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ ।

कर्णाली राजमार्गको दैलेखको सिस्ने–साई सडक खण्ड मर्मत गर्नका लागि १५ दिनसम्म दैनिक आठ घण्टा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले सूचना जारी गर्दै सडक निर्माण कार्यका कारण बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द रहने जनाएको छ ।

वैकल्पिक रुट दिएर सडक बन्द गरेको कार्यालयले  जनाएको छ ।

कर्णाली राजमार्ग भएर कर्णालीका कालिकोट, जुम्ला, मुगु, हुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जाने सवारी रामाघाटबाट मोडिनुपर्नेछ ।

रामाघाट बजारबाट दुई किलोमिटर उत्तरमा रहेको मध्यपहाडी लोकमार्गको सात्तला भएर साइ निस्कनु पर्नेछ ।

रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साइ निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दूरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक बिग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077