Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

तीव्र गतिको हावाका कारण सगरमाथा आरोहण प्रभावित

तीव्र गतिको हावाका कारण सगरमाथा आरोहण प्रभावित

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ ।

पर्यटन विभागका अनुसार, सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो ।

आरोहणको तयारीमा रहेका धेरै सङ्ख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किँदै छन् ।

अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतीक्षामा छन् ।

मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ ।

उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागले जनाएको छ ।

मौसमका कारण आज सगरमाथाको आरोहण हुननसकेकाले चौँथो शिविर पुगेका आरोही भोलि मंगलबारसम्म सबैजना आधार शिविरमा पुग्न पर्यटन विभागले अनुरोध गरेको छ ।

मौसम खराबीका कारण अबको तीन,चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ। मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077