Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बुद्धका सन्देशको सान्दर्भिकता अझै बढेको छ : पूर्वराष्ट्रपति यादव

बुद्धका सन्देशको सान्दर्भिकता अझै बढेको छ : पूर्वराष्ट्रपति यादव

सोमवार , बैशाख २९, २०८२

काठमार्डौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्व शान्तिका लागि बुद्धका सन्देशको सान्दर्भिकता अझै बढेको बताएका छन् ।

बुद्ध जयन्तीका अवसरमा काभ्रे सेवा समाजले सोमबार गरेको शान्ति पदयात्रा शुभारम्भ गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।

हरेक व्यक्तिका लागि जीवनोपयोगी बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन नागरिक र सरकार सबै लाग्नु पर्ने उनको भनाइ छ ।

उनले भने, ‘गौतमबुद्धका सन्देशलाई विश्वव्यापी बनाउन आवश्यक छ, यसका लागि सबै पक्ष लाग्नु आवश्यक छ ।’

काभ्रे सेवा समाजले काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् शान्ति पदयात्रा आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077