Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँका संरचना हटाउन ‘अल्टिमेटम’

जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँका संरचना हटाउन ‘अल्टिमेटम’

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ भित्रका अनधिकृत संरचनाहरु हटाउन ३५ दिनको अल्टिमेटम दिइएको छ।

सडक सीमा भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनुपर्नेछ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका हुन् ।

सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५–१५ मिटर सडकको सीमा कायम भएको छ ।

यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्‍कन गरेर चिह्नसमेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077