Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : पर्यटनमन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : पर्यटनमन्त्री पाण्डे

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिवद्व रहेको बताएका छन् ।

२५६९ औं बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः क्रिय बनाउने बताए ।

उनले भने, ‘हामीबीच रहेका विभिन्न,धर्म,संस्कृति वा भिन्नता भन्दा माथि उठेर विश्व शान्तिको चिन्तन गरी सम्पूर्ण मानव जाति कल्याणको कामना गर्ने पावन भूमिको रूपमा स्थापित रहेको छ। लुम्बिनीका लागि हामीले चाल्ने प्रत्येक कदम सावधानी र सम्मानमा लागि अघि बढाउँदै यसको दिव्यता र पवित्रतालाई पुस्तौं पुस्तासम्म कायम गर्नु हाम्रो साझा कर्तव्य हो ।’

उनले लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी भएको बताए ।
उनले भने, ‘लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमि हो। बुद्व समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उनको ज्ञान कल्याणकारी छ। सबै प्राणीको हितका लागि प्रज्वलित छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077