काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप भएको छ ।
तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा आइतबार सुकेधाराबाट पक्राउ परेका थिए ।
उनीविरुद्ध २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो ।
उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
चैत १५ गते भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।