Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बुद्धले दिएको करुणा र अहिंसाको सन्देश विश्वमानै सान्दर्भिक छ : पूर्वराष्ट्रपति भण्डारी

बुद्धले दिएको करुणा र अहिंसाको सन्देश विश्वमानै सान्दर्भिक छ : पूर्वराष्ट्रपति भण्डारी

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले करुणा, अहिंसा र शान्तिले मात्रै मानव सभ्यताको रक्षा हुने बताएकी छन् ।

शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ जन्मजयन्ती तथा किरात समुदायको पर्व उँभौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको लुम्बिनीमा जन्मिएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको उल्लेख गरेकी छिन् ।

एक्स पेजमा पूर्वराष्ट्रपति भण्डारीले लेखेकी छिन्, ‘आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि बुद्धले दिएको करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ ।’

त्यसैगरी उनले किरात समुदायको उँभौली पर्वले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077