Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रधानमन्त्रीद्वारा लुम्बिनीमा बुद्ध जयन्ती समारोह उद्घाटन

प्रधानमन्त्रीद्वारा लुम्बिनीमा बुद्ध जयन्ती समारोह उद्घाटन

सोमवार , बैशाख २९, २०८२

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।

२५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ ।

बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए ।

आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।

बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077