Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मकालु हिमाल आरोहणका क्रममा एक अमेरिकी नागरिकको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ।

मकालु गाउँपालिकाअन्तर्गत रहेको यस हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार उनको आइतबार राति मृत्यु भएको छ । मृतक एलेक्स हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आएका थिए ।

तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फर्किएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077