Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

आरआर क्याम्पसमा नेविसंघको तोडफोड

आरआर क्याम्पसमा नेविसंघको तोडफोड

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसनिकट नेविसंघले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा तोडफोड गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सर्वसम्मत चयन भइसकेको अवस्थामा क्याम्पसमा तोडफोड गरेको हो ।

सर्वसम्मत रुपमा नेतृत्व चयन गरिसकेपछि नेविसंघको एउटा समूहले सोमबार आरआर क्याम्पसमा तोडफोड गरेको छ। उनीहरूले सर्वसम्मतको साटो निर्वाचन नै गर्नुपर्ने भन्दै तोडफो गरेका हुन् ।

तोडफोडका क्रममा क्याम्पसको महत्वपूर्ण कागजात च्यातिएको छ। प्रशासन कक्षमा रहेका ल्यापटप र कुर्सीसमेत फ्याँकिएको छ ।

नेविसंघका कार्यकर्ताले ल्यापटप र कुर्सी माथिल्लो तलबाट झट्टी हानेर फ्याँकेका थिए । ती सामान माथिल्लो तलाको बरान्डाबाट भुइँमा फ्याँकेर फुटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077