Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

कोहलपुरमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु

कोहलपुरमा भ्यानको ठक्करबाट एक जनाको मृत्यु

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–११ मा म्याजिक भ्यानले ई रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ई रिक्सा चालक कोहलपुर ११ का ३३ वर्षीय भीमबहादुर शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आइतबार अबेर साँझ भएको सो दुर्घटनामा परेर भे १ ख ९५६१ नम्बरको ई रिक्सा चालक शाही गम्भीर घाइते भई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराउँदै गर्दा उपचारका क्रममा राती मृत्यु भएको हो ।

म्याजिक भ्यानका चालक शाहीलाई नियन्त्रणमा लिएर घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077