Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

नागढुंगा–नौबिसे सडकखण्ड आजदेखि चार घण्टा बन्द हुने

नागढुंगा–नौबिसे सडकखण्ड आजदेखि चार घण्टा बन्द हुने

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा–पिप्लामोड सडक निर्माण तथा सुधारका लागि नागढुंगा–नौबिसेखण्ड आज रातिदेखि बन्द गरिने भएको छ ।

नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार आज रातिदेखि ३१ गतेसम्म राति ११ देखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन ‘आंशिक’ रूपमा रोकी निर्माण गरिनेछ ।

काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिनेछ । नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।

आयोजनाले सीतापाइला–भीमुढंगा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077