Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

घरको छतबाट लडेर नेपाल प्रहरीका असईको मृत्यु

घरको छतबाट लडेर नेपाल प्रहरीका असईको मृत्यु

आइतवार , बैशाख २१, २०८२

सुनसरी । नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) को मृत्यु भएको छ ।

आइतबार बिहान ७ः३० बजे इटहरी उपमहानगरपालिका–२०, पुष्पलाल टोलमा निर्माणाधीन घरको छतबाट लडेर ४५ वर्षीय प्रेमबहादुर कटुवालको मृत्यु भएको हो ।

निर्माणाधीन घरको छतमा पानी लगाउने क्रममा कटुवाल चिप्लिएर लडेका थिए ।

लडेर गम्भीर भएका कटुवाललाई तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कटुवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए र केही दिनको बिदामा आफ्नो घर इटहरी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077