काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आधार शिविर प्रस्थान गरेका छन् । उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । शनिबार उनी लुक्ला पुगेर त्यहाँबाट हिँड्न सुरु गरेका छन् ।
'यो पालि सेमिफाइनलसम्मको यात्रा अर्थात् सगरमाथा बेसक्याम्प,' उनले भनेका छन्।
लुक्ला पुग्नुपूर्वको व्यस्त कार्यतालिका प्रस्तुत गर्दै शर्माले १० दिनका लागि बिदा मागेका छन्।
'क्षमा याचनासहित १० दिन जतिलाई नम्रतापूर्वक बिदा माग्दछु,' उनले फेसबूकमा लेखेका छन् ।