Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको सपथ

राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको सपथ

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077