काठमाडौं । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई २२ बुँदे मागपत्र बुझाएको छ ।
आइतबार अर्थमन्त्रालय पुगेर बुझाइएको मागपत्रमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आधारभूत सेवा सुविधा र सेवाका सर्तहरूमा एकरुपता कायम गर्न भनिएको छ ।
एकीकृत ट्रेड युनियन अधिकार र अवरुद्ध वृत्तिविकासको ढोका खोल्न भनिएको छ ।
लामो समयसम्म पदोन्नति हुन नसकेको, मासिक तलबमान, मासिक ग्रेड वृद्धि जस्ता सेवा सुविधाबाट वञ्चित हुन पुगेको भनेर सरकारको ध्यानाकर्षण गरिएको छ ।
यी विषयलाई आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेट तथा कार्यक्रममा समावेश गर्न माग गरिएको छ ।