Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

गृहमन्त्री रमेश लेखकले भने – स्टाफ कलेजले नेपाल प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ

गृहमन्त्री रमेश लेखकले भने – स्टाफ कलेजले नेपाल प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ

आइतवार , बैशाख २१, २०८२

काठमाडौ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्ने बताएका छन् ।

आइतबार बिहान काठमाण्डौंमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

करिब २० वर्ष लामो प्रयासपछि प्रहरीमा स्टाफ एन्ड कमान्ड कोर्सले प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने उनले  विश्वास लिएका छन् ।

गृहमन्त्री रमेश लेखकले भने, ‘आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा सर्मपित प्रहरीले गर्दै आएको कामकुरामा एउटा थप राम्रो कामको रुपमा लिएको छु । यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादीछु ।’

गृहमन्त्री लेखकले स्टाफ कलेज लागु गर्ने विषयमा लामो मेहनत भएको बताउँदै यसअघि गृहको कमाण्ड गरेका मन्त्री तथा प्रहरी प्रमुख र नेतृत्वदायी भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।

२०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएको ब्याचबाट यो कोर्स लागु गरिएको प्रहरीले जनाएको छ ।

२०७० को ब्याजबाट स्टाफ कलेजको परीक्षामा १७ जना उत्तिर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077