Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका–४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको बा ६ चत ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक बलिराम सहनीको घटनास्थलमै मृत्यु भएको र सोही मोटरसाइकलमा सवार रहेकी उनकी छोरी उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याालय रौतहटले जनाएको छ ।

घटना पश्चात कारका चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका १२ का कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077