काठमाडौं । चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु र पुरुष घाइते भएका छन् ।
आइतबार बिहान शुक्लाफाँटा नगरपालिका १२ तिल्कीकी २७ वर्षीया लालमनी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
खेतबारीमा तरभुज टिप्न जाने क्रममा चट्याङ लागेर लालमणीको घटनास्थलमै मृत्यु भएको र २९ वर्षीय श्रीमान रतनसिंह राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रि मनसुन सुरु भएसँगै कञ्चनपुरमा बिहान वर्षातसँगै चट्याङ परेको थियो। हावाहुरी, वर्षा र आकाशमा गड्याङगुडुङ हुँदा घरभित्रै सुुरक्षित बस्न स्थानीय सरकारले आग्रह गरेको छ।