Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

खोलामा बाढीसहित धमिलो पानी आएपछि मेलम्ची खानेपानी वितरण बन्द

खोलामा बाढीसहित धमिलो पानी आएपछि मेलम्ची खानेपानी वितरण बन्द

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरण बन्द गरेको छ ।

केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जानकारी गराएको हो ।

लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077