Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

वर्षाले सडक चिप्लो भएपछि नारायणघाट–बुटवल सडक अवरुद्ध, घन्टौं जाममा फसे यात्रु

वर्षाले सडक चिप्लो भएपछि नारायणघाट–बुटवल सडक अवरुद्ध, घन्टौं जाममा फसे यात्रु

आइतवार , बैशाख २१, २०८२

नवलपरासी । गए रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ।

सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुलाई वैकल्पिक सडकबाट यात्रा गर्नसमेत आग्रह गरेको छ ।

सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077