दैलेख । दैलेखमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।
दैलेख प्रहरीका अनुसारका जिल्लाको नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको मृत्यु भएको हो ।
हिजो बेलुका घरमै परेको चट्याङ्ग लागेर एकै परिवारका चारजना घाइते भएका र उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा दशरथको ज्यान गएको प्रहरीले जनाएको छ ।
चट्याङ्ग लागेर घाइते दशरथकी श्रीमती २७ वर्षीया विपना चन्द, ११ वर्षकी छोरी र तीन वर्षका छोराको दैलेख अस्पतालमा उपचार गरिएको छ ।