Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

लन्डनमा हराएका रुकुम पश्चिमका सुशान ओलीको शव फेला

लन्डनमा हराएका रुकुम पश्चिमका सुशान ओलीको शव फेला

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । केही दिनअघि लन्डनबाट हराएका नेपाली विद्यार्थी सुशान ओलीको शव फेला परेको परेको छ।

गत अप्रिल २३ तारिखदेखि लन्डनबाट सम्पर्कविहीन सुशानको शव अप्रिल २८ मा लन्डन थेम्स नदीमा फेला परेको बेलायती प्रहरीलाई उदृत गर्दै लन्डनको नेपाली दूतावासले पुष्टि गरेको छ।

यसअघि, सुशान सम्पर्कविहीन भएकै दिन उनको मोबाइल, पासपोर्ट, पर्स सहितका सामग्री लन्डन सदर्कस्थित थेम्स नदीको पुलमा भेटिएका थिए।

त्यसपछि प्रहरीले थेम्स नदी आसपासमै केन्द्रित भएर उनको खोजीलाई अघि बढाएको थियो।

प्रहरीको खोजीका क्रममा गत अप्रिल २८ का दिन थेम्स नदीमा सुशानसँग मिल्दोजुल्दो युवकको शव भेटिएको थियो। उक्त शव सुशानको हुन सक्ने आशंका गरे पनि प्रहरीले पुष्टि भने गरेको थिएन।

लन्डनको नेपाली दूतावासको सहयोगमा नेपालबाट ‘फिंगरप्रिन्ट’ मगाएर अनुसन्धान गर्दा भने उक्त शव सुशानकै रहेको निष्कर्षमा बेलायती प्रहरी पुगेको हो। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सुशानको मृत्युका पछि अरू कसैको संलग्नताको आशंका नगरिएको जानकारी दिएको छ।

रुकुम पश्चिमको मुसिकोट घर भएका सुशान यहाँको कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनका लागि करिब एक वर्षअघि मात्रै बेलायत आएका थिए। लन्डन दूतावासले सुशानको शवलाई नेपाल पठाउने विषयमा उनको परिवारसँग सल्लाह गरी उनीहरूको सल्लाहमा प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

बेलायतमै रहेका सुशानका केही साथी भाइ र आफन्तले भने उनको शव नेपाल पठाउन आवश्यक रकम जम्मा गर्ने उद्देश्यले सहयोग संकलन अभियान सुरु गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077