Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

शुक्रबार हेटौंडामा जमिन भासिदा बेपत्ता भएको गाडी अझै भेटिएन

शुक्रबार हेटौंडामा जमिन भासिदा बेपत्ता भएको गाडी अझै भेटिएन

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । शुक्रबार अपराह्न हेटौंडामा जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अझै भेटिएको छैन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरी गाउँमा सडकमा गाडी भासिएको थियो ।

ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ ।

रोकिराखेको ठाउँमा एक्कासि सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको मकवानपुर प्रहरीले जनाएको छ ।

गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077