काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–१ का अन्तर्राष्ट्रिय भलिवल खेलाडी ५५ वर्षीय बद्री प्रकाश श्रेष्ठको मृत्यु भएको छ ।
लामो समयदेखि लिभरको समस्याले बिरामी भएको श्रेष्ठको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो ।
नेपालको तर्फबाट जर्मन र बङ्गलादेश लगायतका देशका भलिवल प्रतियागीता सहभागि भएका श्रेष्ठको निधनले जिल्लावासी शोकमा डुवेका छन् ।
श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने मृतकका आफन्तले बताएका छन् ।
देशकै भलिवल खेलको विकासमा योगदान पुर्याएको श्रेष्ठको निधनले निकै स्तब्ध बनाएको जिल्ला भलिवल संघ गुल्मीले जनाएको छ ।
श्रेष्ठका श्रीमती र छोराछोरी छन् ।