Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

बुटवलको सुनवल नगरपालिका–६ पुलटोलका विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको स्थानीयले खबर गरेपछि खोजी गर्न जांदा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।

मृतक बालकहरु स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।

उनीहरु पौडी खेल्न गएको बेला डुबेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077