Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

दाजुभाइ पोखरीमा मृत भेटिए

दाजुभाइ पोखरीमा मृत भेटिए

शुक्रवार , बैशाख १९, २०८२

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई दाजुभाइ मृत फेला परेका छन् ।

आज बिहान १० बजे घरबाट खाना खाएर हिडेका दाजुभाइ साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् ।

मृत्यु हुनेमा सुनवल –६ पुलटोल निवासी विष्णु कवंरका १० बर्षिय छोरा विप्सन कवंर र ८ वर्षिय छोरा दिप्सन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

साँझ ५ बजे पोखरीमा एक मृत बालक तैरिहरेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । उनीहरु दुवै जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077