Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाका एकजना वडा सदस्य भारतमा बेपत्ता, खोजीमा सहयोग गरिदिन अपिल

चौरपाटी गाउँपालिकाका एकजना वडा सदस्य भारतमा बेपत्ता, खोजीमा सहयोग गरिदिन अपिल

शुक्रवार , बैशाख १९, २०८२

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका वडा सदस्य दिपेन्द्र वहादुर बोहरा भारतमा सम्पर्कविहीन भएका छन् ।

गाउँपालिका अध्यक्ष भीमबहादुर साउदद्वारा वैशाख १९ गते जारी सूचनामा जनाइएअनुसार बोहरा वैशाख १६ गते (अप्रिल २९ तारिख) देखि बेपत्ता भएका हुन् ।

उनी भारतको नवी मुम्बईस्थित कोपर खन्ना स्टेशन नजिकैको सेक्टर नम्बर १९ मा आफन्तको घरमा बस्दै उपचार गराइरहेका थिए । वैशाख १६ गते घुम्न जाने भन्दै घरबाट निस्केका बोहरा त्यसयता सम्पर्कमा आउन सकेका छैनन् ।

बोहराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएको भन्दै अध्यक्ष साउदले खोजी तथा उद्धार कार्यमा जुट्न सम्पूर्ण आफन्तजन, सञ्चारकर्मी, सामाजिक संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077