Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अब सामाजिक सुरक्षा कोष अनिवार्य

अब सामाजिक सुरक्षा कोष अनिवार्य

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष अनिवार्य गरेको छ।

आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रममा सरकारले सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकरण हुनुपर्ने व्यवस्था गरेको हो ।

सदनको संयुक्त बैठकलाई सम्बोधनमा राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै सेवा शर्तमा रोजगारीमा संलग्नलाई अनिवार्य रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गरिनुपर्ने बताए।

उनले भने,‘कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य सहकारी संस्थाको नवीकरण गर्दा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण पेस गर्नुपर्ने कानुनी व्यवस्था गरिनेछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077