काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अझै केही वर्ष विद्युत् आयात शून्यमा झार्न नसकिने बताएका छन् ।
पदवहाली गरेको एक महिनाभित्रै श्वेतपत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ,‘आगामी दिनमा विद्युत् आयात शून्य हुदैँन । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष लाग्छ ।’
शाक्यकाअनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली निर्माण गरी ऊर्जा भण्डारण गर्नुपर्छ ।
यससँगै विद्युत् खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्याउन सबै प्रयास गर्नुपर्ने उनले बताए ।
फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २ हजार ४३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।
शाक्यले ९७.५ पालिकामा विद्युत् पहुँच पुगेको जानकारी दिएका थिए ।