Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

उडिसास्थित केआईआईटीमा अध्ययनरत अर्की नेपाली छात्रा मृत भेटिइन्

उडिसास्थित केआईआईटीमा अध्ययनरत अर्की नेपाली छात्रा मृत भेटिइन्

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत थप एक छात्रा मृत भेटिएकी छन् ।

बारा सिम्रौनगढकी एक छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा मृत अवस्थामा फेला परेकी हुन् ।

उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको बताइएको छ । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धान भइरहेको बताइएको छ । यसअघि पनि उक्त विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल छात्रावासमा मृत भेटिएकी थिइन् ।

त्यसपछि त्यहाँ आन्दोलन भएको थियो । कलेज प्रशासनको ज्यादतीका कारण असुरक्षित महसुस गरेर विद्यार्थीहरू घर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077