Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

उदयपुरमा स्कारपियो दुर्घटना हुँदा कानुन अधिकृतको मृत्यु, ६ जना घाइते

उदयपुरमा स्कारपियो दुर्घटना हुँदा कानुन अधिकृतको मृत्यु, ६ जना घाइते

बिहिवार , बैशाख १८, २०८२

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६, सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो बिहीबार आफैँ अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कारपियोमा सवार झापाको दमक नगरपालिका–३ बस्ने ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत दमक नगरपालिकाका कानुन अधिकृत रहेको खुलेको छ ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो । अन्य घाइतेहरुको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077