काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशको सीप र पुँजी स्वदेशको विकासमा लगाउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा सभापति देउवाले यस्तो आग्रह गरेका हुन् ।
देशको विकासमा सबैको योगदान आवश्यक रहेको बताउँदै उनले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न आग्रह गरे ।
उनले भने,‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गराउनुपर्नेछ, निर्धक्क भन्नुहोस्, राष्ट्रिय सहमति गराएर कार्यान्वयन गराउनेछौं ।’
विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरू प्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताए ।