Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने – ढुक्क भएर लगानी गर्नुस, सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ

प्रधानमन्त्री ओलीले भने – ढुक्क भएर लगानी गर्नुस, सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना भएको बताएका छन् ।

कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नेपालमा उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।

उनले भने ,‘सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण छ । आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिनुपर्छ ।’

कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको बताउँदै प्रधानमन्त्री ओलीले उत्पादित सामग्री विभिन्न कोरिडोर र नाकामा लैजान सक्नेगरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरण र ढुवानीमा कुने असहजता नभएको बताए ।

उनले भने ,‘बर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्छन् । सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ । आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077