Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

बबी सिंहले भनिन् – खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाईयो

बबी सिंहले भनिन् – खेलौनाले गरेको फायरलाई अतिरञ्जित बनाईयो

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं ।  पेस्तोल पड्काउँदै नाच्ने जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा. बबी सिंह यादवले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिन अनुरोध गरेकी छन् ।

उनले विज्ञप्तिमा निकालेर गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

उनले बिज्ञप्तीमा भनेकी छन् ,‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी)को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।’

मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘युट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, भन्दै यादवल घोर भर्त्सना गरेकी छन् ।

सिंहले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि यसबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077