काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै सञ्चालन हुने भएको छ ।
बुधबार सिंहदरबारमा सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा तोकिएकै मितिमा गराउने सहमति भएको हो ।
वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए ।असार १५ गतेसम्म शिक्षा ऐन जारी भइसक्ने डेटलाइन राखिएको छ ।
सरकार शिक्षकहरूले पेस गरेको नौबुँदे प्रस्तावमा सहमतिमा पुगेको छ । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।