Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सरकार–शिक्षकबीच जारी वार्ता निर्णायक होला ?

सरकार–शिक्षकबीच जारी वार्ता निर्णायक होला ?

बुधवार , बैशाख १७, २०८२

काठमाडौं। सरकार र शिक्षकबीचको वार्ता जारी छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको छ ।

शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको छ ।

सरकार र शिक्षकबीचको वार्तामा गृहमन्त्री रमेश लेखक, सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरे  सहभागी भएका छन् ।

शिक्षकहरूले ऐन जारी गर्ने सुनिश्चतता खोजेपछि सरकारका गृहमन्त्री लेखक, दुई ठूला दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका हुन् ।

वार्तामा शिक्षा समितिका सभापति अमरबहादुर थापा र शिक्षा समितिका उपसमिति संयोजक छबिलाल विश्वकर्मा लगायत सहभागी छन् ।

सरकार र शिक्षक महासंघबीच सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज निर्णायक वार्ता हुने नेताहरूले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077