Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

ट्रम्पले दिए मार्क कार्नीलाई बधाई

ट्रम्पले दिए मार्क कार्नीलाई बधाई

बुधवार , बैशाख १७, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई बधाई दिएका छन् । आम चुनावमा विजय हासिल गरेका कार्नीलाई बधाई दिएका हुन् ।

क्यानेडाली प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मा प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाका राष्ट्रपति ट्रम्पसँग कुरा गरेको उल्लेख गरेको छ।

एक्समा बताएअनुसार, दुवै नेताहरू निकट भविष्यमा भेट्न सहमत भएका छन्।

एक्समा भनिएको छ ,‘दुई नेताहरू क्यानडा र संयुक्त राज्य अमेरिका आफ्नो पारस्परिक हितका लागि स्वतन्त्र, सार्वभौम राष्ट्रहरूको रूपमा मिलेर काम गर्ने विषयमा सहमति जनाए। यसका लागि दुई नेताहरू निकट भविष्यमा भेट्न सहमत भएका छन्।’

क्यानडामा सोमबार भएको आम चुनावमा कार्नीको नेतृत्वमा लिबरल पार्टीले जित हासिल गरेको छ। पार्टीको जित लगत्तै कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए। उनले भनेका थिए, ‘अमेरिकाले हामीमाथि प्रभुत्व स्थापित गर्न सकोस् भनेर राष्ट्रपति ट्रम्प हामीलाई तोड्न खोजिरहेका छन्। यो कहिल्यै हुनेछैन ।’

ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहेका छन् । यस्तै ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य बनाउने बताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077