Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

संस्थागत विद्यालयलाई बालेनले भने - विद्यार्थीलाई नियमअनुसार छात्रवृत्ति दिनू

संस्थागत विद्यालयलाई बालेनले भने - विद्यार्थीलाई नियमअनुसार छात्रवृत्ति दिनू

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेको छ ।

चालु शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १० सम्मको छात्रवृत्ति अनिवार्य रुपमा नियमानुसार वितरण गर्न र त्यसको विवरण महानगरपालिकामा पेस गर्न महानगरभित्रका भित्रका संस्थागत विद्यालयहरुलाई महानगरपालिकाले अनुरोध गरेको हो।

महानगरले शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको कम्तिमा दश प्रतिशतमा नघट्ने गरी ऐन बमोजिम छात्रवृत्ति उपलब्ध गराउन विद्यालयमा सूचना निकाली आवेदन लिइ यही जेठ पहिलो साताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

महानगरपालिकाले छात्रवृत्ति छनोटको नामावली छनौट समितिको निर्णय मान्य हुने जनाएको छ । 'कानुन निर्माणको महत्त्व त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ, यही कार्यान्वयनले हजारौँ विद्यार्थी भाइबहिनीहरूले छात्रवृत्ति प्राप्त गरेका छन्,' मेयर बालेन शाहले भने, 'त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ भन्ने पुनः स्मरण गराउँछौँ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077