Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

बुधवार , बैशाख १७, २०८२

डोटी । डोटीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेट्रो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए ।

बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम घाइते भएका छन् ।

घाइतेमध्ये ६५ वर्षीया धना र चालक बमको अवस्था गम्भीर छ । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077