Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

अमादब्लम हिमाल आरोहणबाट फर्कने क्रममा अस्ट्रेलियन आरोहीको मृत्यु

अमादब्लम हिमाल आरोहणबाट फर्कने क्रममा अस्ट्रेलियन आरोहीको मृत्यु

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । सोलुखुम्बुस्थित अमादब्लम हिमाल आरोहण गरी फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ ।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका मार्टिन हर्नेगरको हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा ज्यान गएको हो ।

अमादब्लम आरोहण गर्न २५ चैत २०८१ मा विभागबाट अनुमति लिएका थिए ।

१३ वैशाखमा सफल आरोहण गरी फर्कने क्रममा उनी सम्पर्कविहीन भएका थिए । सोही दिन उनलाई अमादब्लम हिमालको फेदमा मृत अवस्थामा फेला पारिएको थियो ।

त्यसपछि विभागले उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077