Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

अघिल्लो सरकारले ल्याएको यो विधेयकलाई सभाले पारित गरेको हो ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

१८ चैत २०८० मा दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो ।

अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको थियो । मंगलबार सभाले पारित गरेको हो ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077