Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

मेटमणि चौधरीले भने – जनताको अगाडि दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ

मेटमणि चौधरीले भने – जनताको अगाडि दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले शिक्षकका जायज मागहरू पूरा गर्न यथाशीघ्र शिक्षा ऐन नल्याए शासकहरु भाग्नुपर्ने परिस्थिति बन्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।

उनले भने ,‘शिक्षकका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु । अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला । शासकहरू भागेको कुरा सुन्नुभएको होला नि, पढ्नु भएको पनि होला ।’

जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्ने उनले बताए ।

सांसद चौधरीले सरकारले शिक्षकका जायज माग पूरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077